नेप्सेमा आइतबार साढे २८ अङ्कको वृद्धि

छहारी संवाददाता
माघ ४, २०७७

शेयर बजारले २३ सय विन्दु पार गरेको छ । आइतबार २८ दशमलव ४६ अङ्कले बढेर नेप्से २३ सय १५ विन्दुमा पुगेको हो ।

यो अहिलेसम्मकै उच्च विन्दु हो । आइतबार जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ ।

व्यापार समूहको शेयर २ सय ३२ अङ्कले, विकास बैंक समूहको १ सय १० अङ्कले, उत्पादन समूहको ४९, माइक्रो फाइनान्सको १ सय १५, अन्यको ६०, फाइनान्सको २५, जीवन बीमाको २ सय २१ र निर्जीवन बीमा समूहको शेयर ७८ अङ्कले बढेको छ ।

आइतबार दुई सय आठ कम्पनीका एक करोड ५० लाख ३५ हजार कित्ता शेयर ६ अर्ब ३७ करोड ४२ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै नेपाल टेलिकमको ५८ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आइतबार साल्ट ट्रेडिङ कर्पोरेशनका शेयरधनीले १० प्रतिशत कमाएका छन् भने १५ वटा कम्पनीका शेयरधनीले नौ प्रतिशत भन्दा धेरैका दरले कमाएका छन् । समग्र बजार बढे पनि युनाइटेड फाइनान्सका शेयरधनीले भने झण्डै ६ प्रतिशत गुमाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*