सुनको मुल्य आज फेरि ४ सय रुपैयाँले बृद्धि, तोलामा ९२ हजार ५ सयमा कारोबार
सुनको मुल्य आज फेरि ४ सय रुपैयाँले बढेको छ । आज सुनको मुल्य तोलामा ९२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा सुन ९२ हजार १ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको मुल्य तोलामा १२ सय ६० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलामा १२ सय ४५ रुपैयाँ थियो ।







