सरकारको काममा बाधा पारेपछि संसद विघटन गरेको होः पोखरेल

भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले सरकारका काममा बाधा पारेपछि बाध्य भएर संसद विघटनको बाटो रोजेको बताए । उनले बर्तमान प्रधानमन्त्री केपी ओलीलाई देश र जनताका पक्षमा गरिने सबै काममा बाधा र अवरोध श्रृजना गरेपछि बाध्य भएर संसद विघटनको निर्णय गर्नु परेको धारणा व्यक्त गरेका हुन् ।
उपप्रधानमन्त्री पोखरेल सरकारले सिफारिस गरेको बैशाख १७ र २७ मै निवार्चन हुने र सम्मानित अदालतको निर्णय समेत आफूहरुको पक्षमा नै आउने विश्वास व्यक्त गरे ।
भेला कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल, संघीय सरकारका यूवा तथा खेलकुद मन्त्री दाबा लामाले समेत सम्बोधन गरेका थिए । कार्यक्रममा प्रदेशका आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, केन्द्रीय सदस्य काशीनाथ अधिकारी, संविधान सभा सदस्य अनन्त पौडेल, प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल सहित केपी समूहका केन्द्रीय सदस्य एवम् जिल्ला स्तरीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । आजको भेलाले प्रदेश सभा सदस्य मुनु सिग्देल र प्रेमबहादुर पुलामीलाई क्रमश जिल्ला अध्यक्ष र सचिवबाट हटाउँदै नेकपा जिल्ला अध्यक्षका रुपमा एकलाल श्रेष्ठलाई चयन गरिएको समेत घोषणा गरिएको थियो ।