स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार दाङकी ८० वर्षीया महिला पुस १० गते कोरोना संक्रमण पुष्टि भएकोमा सही दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
यसैगरी पुस २५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी ४० वर्षीया महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।







