प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्नुहुने भएको छ ।
प्रतिनिधिसभा विघटनपछि उहाँले पहिलोपटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लाग्नुभएको हो । दिउँसो एक बजे बस्ने राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो उज्यालो अनलाइनले लेखेको छ। उहाँले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि जानकारी गराउने तयारी रहेको उहाँले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन, २०७६/७७ सभामा पेस गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । नियमसंगत पार्टी विभाजन नभएको भए पनि दुई समूह छुट्टाछुट्टै पार्टी सरह गतिविधिमा लागेका छन् ।







