सुनको मुल्य आइतबार तोलामा २३ सय रुपैयाँ घट्याे

छहारी संवाददाता
पुस २६, २०७७

सुनको आइतबार एकैदिन तोलामा दुई हजार तीन सय रुपैयाँ घटेको छ ।

गएको शुक्रबार तोलाको ९५ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज तोलाको ९३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी तोलामा ६० रुपैयाँ घटेर एक हजार दुई सय ७० रुपैयाँ कायम भएको छ ।

शुक्रबार चाँदी तोलाको एक हजार तीन सय ३० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमै सुनको मुल्य घटबढ भइरहेकाले नेपाली बजारमा अस्थिर भएको महासङ्घले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*