प्रधानमन्त्री ओलीले आज पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) पनि कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ ।
अनेरास्ववियूले आयोजना गर्ने बृहत कार्यकर्ता भेलामा नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली प्रमुख वक्ताका रुपमा रहने बताइएको छ ।
मध्यान्ह १२ बजे बबरमहलस्थित कार्की व्याङकेटमा सुरु हुने भेलामा ओलीसहित समूहका अन्य उच्च नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ। ओलीले शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्नुभएको थियो ।







