कोरोना संक्रमित सुदूरपश्चिमका एसएसपी सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख
कोरोना संक्रमित सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मुकेश सिंहको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।
एसएसपी सिंहले अहिले आफ्नो स्वास्थ्यमा धेरै नै सुधार आइसकेकाले चिन्ता नगर्न सुभचिन्तकहरुलाई आग्रह गर्नुभएको छ । साथै उहाँले छिट्टै कोरोना जितेर काममा फर्किने विश्वास समेत व्यक्त गर्नुभएको छ ।
चिकित्सकले समेत उहाँको अवस्था पहिलेको भन्दा सुधारोन्मुख रहेकोले चिन्ता गर्नु पर्ने अवस्था नरहेको बताएका छन् ।
स्वास्थ्य अवस्था गम्भिर भएपछि उहाँलाई उपचारको लागि काठमाडौंस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको हो । उहाँलाई सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।







