सोमबार सुन तोलाको सात सय रुपैयाँले वृद्धि
सुनको मुल्य सोमबार तोलामा सात सय रुपैयाँले बढेको छ ।
आज बढेर छापावाला सुनकाे मूल्य तोलाको ९४ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै आज तेजाबी सुन तोलाको ९४ हजार चार सय रुपैयाँमा किनबेच भइरहेको छ, उज्यालो अनलाइनले लेखेको छ ।
यस्तै चाँदीको मुल्री पनि तोलामा ३५ रुपैयाँले बढेर तोलाको एक हजार तीन सय १५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मुल्य बढेका कारण नेपाली बजारमा पनि बढेको महासङ्घले जनाएको छ ।
यसअघि लगातार बढेको सुनको मुल्य मङ्सिरको तेश्रो हप्ताबाट केही घटेको थियो । तर अहिले सुनको मुल्य फेरि उकालो लागेको छ ।







