प्रधानमन्त्रीको कदमको नेकपामा भर्त्सना, अनुशासनको कारबाही गर्ने निर्णय

छहारी संवाददाता
पुस ५, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अप्रत्यासित रुपमा संसद विघटन गरेपछि आक्रोशित भएका नेकपाका स्थायी समिति सदस्यहरुले उनको कदमको भर्त्सना गरेका छन्।

नेकपा स्थायी समिति बैठकले आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको भर्त्सना गर्नुका साथै उनीमाथि अनुशासनको कारबाही गर्ने निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए, देशसञ्चारले लेखेको छ। त्यस्तै, स्थायी समिति बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीबिरुद्धसमेत खेद प्रस्ताव पारित गरेको छ।

बैठकले नेकपा स्थायी समिति सदस्यमा कृष्णबहादुर महराको नाम थप गरेको छ भने केन्द्रीय समिति बैठक पुस ७ गतेका लागि तोकिएको छ। त्यस्तै, नेकपाका सांसदहरुको बैठक सोमबारका लागि बोलाइएको जानकारीसमेत प्रवक्ता श्रेष्ठले गराए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*