संवैधानिक परिषदसम्बन्धी अध्यादेश तत्काल खारेर गर्न प्रचण्डको माग

छहारी संवाददाता
मंसिर ३०, २०७७

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदसम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको अध्यादेश तत्काल खारेर गर्न माग गर्नुभएको छ ।

बहुमत सदस्यकै उपस्थितिमा परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश जारी भएपछि उहाँले यो अध्यादेश तत्काल खारेर हुनुपर्ने माग गर्नुभएको हो, उज्यालो अनलाइनले लेखेको छ ।

मङ्गलबार बिहान बसेको परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा बहुमत सदस्यकै उपस्थितिमा पनि बैठक बसेर निर्णय गर्न सक्ने गरी अध्यादेश जारी गर्नुभएको हो ।

यस्तै अध्यक्ष प्रचण्डले नेकपा स्थायी कमिटी बैठक चलिरहेको बेला पार्टीमा कुनै परामर्श नै नगरि अध्यादेश ल्याइएको भन्दै असन्तुष्टि जनाउनुभएको उहाँका प्रेस संयोजक विष्णु सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*