कोरोना अपडेटः नेपालमा शनिबार १३८० संक्रमित थपिए

निको हुनेको संख्या २ लाख ११ हजार १ सय ८६
छहारी संवाददाता
मंसिर १३, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७ सय २३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ५ सय १५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ११ हजार १ सय ८६ पुगेको छ। हाल देशभर १८ हजार ८३ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १८ जना क्वारेन्टिनमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*