रुकुम पश्चिममा जन्ती बोकेको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

छहारी संवाददाता
मंसिर १३, २०७७

रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । थप उपचारका लागि नेपालगन्ज रिफर गरिएका आठबीसकोट नगरपालिका-८ का लालबहादुर नेपालीको बिहान ज्यान गएको प्रहरीले जनाएको छ ।

आठबीसकोट नगरपालिका–८, का कलिभान नेपाली, आइते चनारा, गोरे नेपाली र सार्के नेपालीको हिजो बेलुका ज्यान गएको थियो । आठबीसकोट नगरपालिका ८ दाजेबाट जन्ती लिएर घारीखोला फर्किरहेको रा १ ज ५८९ नम्बरको जीप हिजो बेलुका दाजेमा दुर्घटना भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*