बाराको जगदम्बा स्टिलको भट्टीमा बिस्फोट हुँदा चार मजदुर घाइते

छहारी संवाददाता
मंसिर १३, २०७७

बारामा रहेको जगदम्बा स्टिलको फलाम गलाउने भट्टीमा बिस्फोट हुँदा चारजना मजदुर घाइते भएका छन् ।

शनिबार बिहान पौने एक बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका–२ मा रहेको कारखानाको फलाम गलाउने भट्टी अचानक पड्किँदा त्यहाँ कार्यरत चारजना मजदुर घाइते भएको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी गौतम मिश्रले जानकारी दिए, देशसञ्चारले लेखेको छ ।

भट्टीमा काम गर्नेभारत मोतिहारीका २६ वर्षे नईमुदिन आलम, भारतको शिवन ग्राम जिल्ला ४८ वर्षका जनक देव यादव, सर्लाहीको सकरौल गाउँपालिका ६ बस्ने ४० वर्षका बिकिन्द्र यादव र बरहथवा नगरपालिका ५ बस्ने २८ वर्षका मुकेश साह घाइते भएका हुन् ।

घाइते भएका मध्ये बिकिन्द्रको अवस्था गम्भीर रहेको तथा उनको नेशनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको डीएसपी गौतमले बताए । अन्य घाइते हरुको अवस्था सामान्य रहेको तथा उनीहरुको वीरगञ्जकै विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*