कोरोना अपडेटः शुक्रबार १७०३ जना संक्रमित थपिए

हालसम्म निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५
छहारी संवाददाता
मंसिर १२, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख २९ हजार ३ सय ४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर १ हजार २ सय ३६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ। हाल देशभर १७ हजार २ सय ३७ जना सक्रिय संक्रमित रहेका छन् भने ६ सय १ जना क्वारेन्टिनमा छन्।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*