इलेक्टरल कलेजले वाइडनको जित प्रमाणीकरण गरे ह्वाइट हाउस छाड्छुः ट्रम्प

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गरेका छन्। तर उनले आफ्नो पराजय अझै स्वीकार गरिसकेका छैनन्। यसअघि उनले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा सहमति जनाएका थिए।
राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगे जस्तो देखिन्छ। उनले भनेका छन्, यदि बाइडनले जितेको कुरा इलेक्टरल कलेजले पुष्टि गरेमा उनी ह्वाइट हाउसबाट बाहिरिने छन्।
इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ। तर ट्र्म्पले सिधै पराजय स्वीकार गरिसकेका छैनन्। उनले प्रमाण प्रस्तुत नगरेरै मतदानमा धाँधली भएको दाबी दोहर्याइरहेका छन्।
यसअघि उनले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुने कुरामा सहमति जनाएका थिए।
त्यस कामको जिम्मेवारी रहने सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन ९जीएसए० ले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु पनि गरिसकेको छ। बाइडनले त्यसको स्वागत गरेका छन्। बीबीसी