स्वास्थ्य मन्त्रालयले दसैँको फुलपातिदेखि एकादशीसम्म कोरोना सम्बन्धी जानकारी नदिने

छहारी संवाददाता
कार्तिक ६, २०७७

स्वास्थ्य मन्त्रालयले दसैँका बेला कोरोना सम्बन्धी मिडिया ब्रिफिङ नगर्ने भएको छ। फुलपातिदेखि एकादशीसम्म पाँच दिन कोरोनाबारे कुनै जानकारी उपलब्ध नगराउने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

कोरोना परीक्षण गर्ने प्रयोगशालालाई तीन मात्र छुट्टी पाउने निर्देशन दिएपनि सरकारले भने पाँच दिन महामारी सम्बन्धी नियमित प्रेस व्रिफ्रिङ नगर्ने भएको हो।

प्रेस व्रिफ्रिङमा उपस्थित नभए पनि सामाजिक सञ्जाल र वेवसाइटबाट अपडेट दिने गौतमले बताए। गौतमले बिहीबारको मिडिया ब्रिफिङमा भने, ‘अबको पाँच दिन हामी कोरोना सम्बन्धी जानकारी लिएर उपस्थित हुँदैनौँ। आउँदो बुधबार हामी उपस्थित हुन्छौँ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*