कोरोना अपडेटः पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु

छहारी संवाददाता
कार्तिक ३, २०७७

कोरोना संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप १८ जना संक्रमितको मृत्यु भएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ सय ५७ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*