कोरोना अपडेटः सोमबार ३ हजार ७९० संक्रमित थपिए

सोमबार २ हजार ३३५ जना कोरोना संक्रमित डिस्चार्ज
छहारी संवाददाता
कार्तिक ३, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २ हजार ३३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ९४ हजार ५०१ पुगेको छ।

पछिल्लो २४ घण्टामा १५ हजार ७१४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७७८ रहेको छ भने ४ हजार ४७० जना क्वारेन्टिनमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*