देशमा संकटकाल र कर्फ्यु लाग्ने सूचना भ्रामकः गृह मन्त्रालय

छहारी संवाददाता
कार्तिक ३, २०७७

सर्ट म्यासेज सर्भिस ९एसएमएस० र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ ।

गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो ।

एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत अघि बढाइएको उनले भनेका छन्, अनलाइन खबरले लेखेको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनाः

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*