हाँस्यकलाकार शिवहरि पौडेललाई मातृशोक

छहारी संवाददाता
कार्तिक ३, २०७७

हास्य कलाकार तथा निर्देशक शिवहरि पौडेलाई मातृशोक परेको छ।

शिवहरिकी आमाको आइतबार बेलुकी हेटौँडामा ११ बजेर ९ मिनेटमा १०० वर्षको उमेरमा निधन भएको हो।
कलाकार पौडेलले सय वर्षसम्म परिवारलाई संरक्षण दिएकी आमालाई बचाउन नसकेको भन्दै माफी मागेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,‘ दुखद खबर लेख्न बाध्य भएँ आमा।

एउटा छोराले गर्ने कर्तव्य मैले गरे कि गरिन मलाई थाहा छैन आमा। १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभयो, अहिले आएर हजुरलाई बचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला, मैले संसारमा पाउने एउटा पवित्र माया घटाईदिनुभयो आमा। स्वर्गमा बास होस मेरी प्यारी आमा।’

पौडेलले निर्देशन गरेको पहिलो चलचित्र लक्का जवान रिलिजको पर्खाइमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*