कोरोना अपडेटः शुक्रबार २०५९ जना संक्रमित थपिए

छहारी संवाददाता
२३ आश्विन २०७७, शुक्रबार १६:३०

नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ५९ जना संक्रमित थपिएका छन्। योसंगै कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ६ सय ८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या ७३ हजार २३ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ भने ४ हजार ७ सय ३ जना क्वारेन्टिनमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*