कोरोना अपडेटः नेपालमा २४ घण्टामा १९ संक्रमितको मृत्‍यु

छहारी संवाददाता
अशोज १९, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १९ जनाको मृत्यु भएको छ। कोरोनाबाट ५ महिला र १४ जना पुरुष संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

काठमाडौंमा मात्रै तीन महिलासहित ९ जनाको मृत्यु भएको छ। मन्त्रालयका अनुसार काठमाडौंमा ७६ वर्षीया, ८१ वर्षिया र ८३ वर्षिया महिलाको मृत्यु भएको छ। यस्तै काठमाडौंमै २६ वर्षिय, ६५ वर्षीय, ६७ वर्षीय, ७८ वर्षीय, ८१ वर्षीय, ९१ वर्षीय पुरुषको मृत्यु भएको छ। पर्सामा ६५ र गोरखामा ४५ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै ललितपुरमा ३ वर्षीय बालक, ५५ वर्षीय पुरुष र ७१ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यसैगरी सर्लाहीमा ४२ वर्षीय र ६९ वर्षीय पुरुष, सुनसरीमा ५५ वर्षिय पुरुष चितवनमा ६२ वर्षीय पुरुष नवलपरासीपूर्वमा ३६ वर्षिय पुरुषको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ५४ पुगेको छ।

आज नेपालमा थप २ हजार ४ सय ४० जनामा कोरोना देखिएको छ। १३ हजार ७ सय ८१ पीसीआर परीक्षण भएकोमा ९ सय ३७ महिला र १५ सय ३ जना पुरुषमा संक्रमण देखिएको हो। काठमाडौंमा ११ सय ७८, ललितपुरमा २ सय ५० र भक्तपुरमा १ सय ३ जनामा संक्रमण देखिएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*