कोरोना अपडेटः सोमबार २ हजार ४ सय ४० जना संक्रमित थपिय, ११ सय ३३ जना निको
नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय ४० जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार ८ सय ६३ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १ हजार १ सय ३३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।हालसम्म डिस्चार्ज हुनेको संख्या ६५ हजार ५ सय २ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ ७ ८१ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल देशभर २३ हजार ५ सय ७ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ४ हजार ३३ रहेको छ।







