मकवानपुरका एक सहित दुईजना लागूऔषध चरेश कारोबारी पक्राउ

छहारी संवाददाता
अशोज १९, २०७७

पर्सा प्रहरीले १ किलो ८ सय ग्राम लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडिखोलाकी ५० बर्षीया सिता रिजाल र पर्साको पटेर्वा गाउँपालिका २ बंकुलका दुखि मिंयालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी चौकी रंगपुर, पर्साबाट खटिएको टोलीले पटेर्वा सुगौली गाउँपालिका २ बंकुल टोलबाट उक्त परिणामको चरेशसहित पक्राउ गरेको हो ।

बंकुल टोलबाट रंगपुरतर्फ पैदल हिडिरहेको अवस्थामा शंका लागेर जाँज गर्दा रिजालले बोकेको झोलामा लुकाई छिपाई राखेको लागूऔषध चरेश बरामद भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उक्त परिमाणको लागुऔषध चरेश दुखि मिंयाको रहेको पाईएकोले जिल्ला अदालत पर्साबाट १० दिनको म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको पर्सा प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*