सयाैं कृषकहरुलाई दुध वाेक्ने क्यान घाँसका बीउ प्रदान

छहारी संवाददाता
अशोज १८, २०७७

वकेैया गापा १० मन्थलिका सयाै कृषकहरुका लागि महिला सशक्तिकरण तथा गरिबी निवारण समूह नेपालले दूध वाेक्ने क्यान लगायत बाँसका बीउ प्रदान गरेकाे छ ।

COVID-19 Response and Socio-economic Recovery project अन्तर्गत शनिबार संचालित कार्यक्रममा कृषकहरुलाइ दूध वाेक्ने क्यान १२० थान र उन्नत जातकाे घाँसकाे बीउ तथा वेेर्ना समेत प्रदान गरेकाे छ ।

युएनडिपि तथा बकैया गाउपालिकाकाे संयुक्त लगानि तथा संस्थाकाे अायाेजनामा भएकाे कार्यक्रममा संस्थाकि अध्यक्ष इन्दिरा न्याैपानेले पशुपालनमा अात्मनिर्भर रहेका कृषकहरुका लागि काम गर्न पाउँदा खुसि भएकाे बताउनुभयाे । उहाँले कृषकहरुलाई अात्मवल बढाउँदै परिणाममुखि काम गरेर नमुना गाउँकाे रुपमा विकास गर्न हाैसला प्रदान गर्नुभयाे ।

वकैया गापा १०का वडाध्यक्ष साेम तिमल्सिनाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा साेहि स्थानका स्थानिय किसान डालवहादुर खड्कालाई ग्रिन हाउस टनेल निर्माण गरि नर्सरिका लागि अावश्यक सामाग्रिहरु समेत वितरण गरिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*