४० हजार तरकारीका बिरुवा पाउँदा दंग कृषकहरु
ग्रामिण स्तरका कृषकहरुलाई अात्मनिर्भर मात्र नभई स्वराेजगारमुलक बनाउन महिला सशक्तिकरण तथा गरिबि निवारण समूह नेपालले वकैया गाउँपालिकामा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेकाे छ ।
सिंचाइकाे उचित प्रबन्ध भएकाे तथा कृषि पेशाबाट अाफ्नाे जीवनस्तर उकास्न खाेज्ने बकैया ९ च्याउच्याउ र ४ नं वडाका कृषकहरुलाई संस्थाले अाज मात्रै उन्नत जातकाे तरकारीका विरुवाहरु प्रदान गरेकाे छ ।
उन्नत जातका काउलि, वन्दा, गाेलभेडा, खुर्सानि लगायतका ४० हजार थान तरकारिका बिरुवा तथा अन्य अावश्यक कृषि सामाग्रि वितरण गरेकाे छ ।
COVID-19 Response and Socio-economic Recovery project अन्तर्गत संचालित कार्यक्रममा कृषकहरुलाइ अाजै हजारि, स्प्रे, कम्पाेष्ट मल १०० वाेरा लगायतका कृषि सामाग्रि वितरण गरेकाे हाे । युएनडिपि तथा बकैया गाउपालिकाकाे संयुक्त लगानि तथा संस्थाकाे अायाेजनामा भएकाे कार्यक्रममा संस्थाकि अध्यक्ष इन्दिरा न्याैपानेले उर्जाशिल कृषकहरुका लागि काम गर्न पाउँदा खुसि भएकाे बताउनुभयाे । उहाँले कृषकहरुलाई अात्मवल बढाउँदै परिणाममुखि काम गरेर नमुना गाउँकाे रुपमा विकास गर्न हाैसला प्रदान गर्नुभयाे ।
यस अघि उक्त संस्थाले वकैया गाउँपालिकाका साेहि स्थानमा कृषक समुहका लागि अाँप, कटहर, लिचि, स्वेजन लगायतका विरुवाहरु वितरण गरेकाे थियाे साथै साविक धियाल गाविसका कृर्षकहरुका लागि समेत उन्नत जातका वाख्रा प्रदान गरेकाे थियाे ।
कार्यक्रममा समूह नेपालकि अध्यक्ष ईन्दिरा न्याैपाने, वकैया ९ का वडाध्यक्ष टंक ध्वज लाेप्चन , वकैया कार्यपालिका सदस्य लक्ष्मि माझी, कृषि प्राविधिक भिम तिमल्सिना, संस्थाका सदस्य कृष्ण प्रसाद घिमिरे स्थानिय कृषकहरुकाे सहभागिता रहेकाे थियाे ।







