कोरोना अपडेटः नेपालमा बुधबार एकैदिन १ हजार ५ सय ३९ जना संक्रमित थपिए

बुधबार १०६८ जना कोरोना संक्रमित डिस्चार्ज
छहारी संवाददाता
भदौ ३१, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५८ हजार३ सय २७ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १०६८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ४१ हजार ७०० पुगेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल देशभर १६ हजार २ सय ४२ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै ७ हजार ८ सय २० जना क्वारेन्टिनमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*