कोरोना अपडेटः बाराकी एक महिलामा मृत्युपछि संक्रमण पुष्टि
बाराकी एक महिलाको मृत्युपश्चात् कोरोना संक्रमण पुष्टि भएको छ। बारा डुमरवाना निवासी ५५ वर्षकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो।
स्वास्थ्यमा समस्या देखिएपछि सोमबार बिहान सवा ११ बजे उपचारको लागि ती महिला वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएकी थिइन् । डाइबिटिज र निमोनियाको समेत समस्याले पीडित महिलामा कोरोनासित मिल्दोजुल्दो लक्षण देखिएको थियो, देश सञ्चारमा खबर छ।
अस्पतालको आइसीयू कक्षमा राखेर उपचार गर्ने क्रममा सोमबार साँझ सवा सात बजे मृत्यु भएको नारायणी अस्पतालका प्रबक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । मृत्युपश्चात् उनको स्वाब संकलन गरी परीक्षण गरिएकोमा कोरोमा पोजेटिभ देखिएको चौरसियाले बताए ।







