सिन्धुपाल्चोकमा पहिरोमा पुरिएका ६ जनाको शव फेला, अझै २० जना बेपत्ता
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा खसेको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । दुई ठाउँमा गएको पहिरोमा परि ज्यान गुमाएका ६ जनामध्ये २ जनाको परिचय खुलेको छ ।
घुम्थाङ नागपुजेमा गएको पहिरोमा पुरिएकी ६३ वर्षीया भक्तिमाया श्रेष्ठ र भीरखर्कको बिक टोलमा पहिरोमा पुरिएकी २० वर्षीया जुनु बिकको मात्रै परिचय खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
अझै २० जना बेपत्ता छन् । पहिरोले १२ वटा घर बगाएको छ । पहिरोले वडा नं ७ मा पर्ने घुन्थाङको भीरखर्कमा ३ वटा र नागपुजेमा ९ वटा घर पुरेको छ ।







