कोरोना अपडेटः नेपालमा थप ५ संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा एक महिला र चार पुरुष छन्। काठमाडौँका ५९ र ८३ वर्षीय पुरुष तथा ५५ वर्षीया महिला, चितवनका ६२ वर्षीय पुरुष र कपिलवस्तुका २९ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३१७ पुगेको छ।







