बिहिबार १२ सय ४६ कोरोना संक्रमित थपिए, १८ सय जना भन्दा निको

छहारी संवाददाता
भदौ २५, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा १२ सय ४६ जना नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५० हजार ४ सय ६५ पुगेको छ।

मन्त्रालयका अनुसार बिहीबार १८ सय १८ जना कोरोना संक्रमित निको भएका छन्। हालसम्म संक्रमण निको हुनेको संख्या ३५ हजार ६० पुगेको छ। पछिल्लो २४ घण्टामा ११ हजार १ सय ४४ पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ४८ रहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*