पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

छहारी संवाददाता
भदौ २२, २०७७

आज पाँच प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज दिउँसो देशैभरकै मौसम बदली हुने र प्रदेश एक, दुई, बागमती, गण्डकी र प्रदेश पाँचका केही ठाउँमा मेघ गर्जनसहित भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । अहिले पनि केही स्थानमा वर्षा भइरहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने आज भारी वर्षाको सम्भावना छैन । राति पनि देशका केही ठाउँमा पानी पर्ने महाशाखाको अनुमान छ । मनसुनको अन्तिमतिर आइपुगेकाले केही ठाउँमा अचानक ठूलो पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने क्रम बढेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*