अनुशासन तोडेको आरोपमा नोभाक जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य ठहर

छहारी संवाददाता
भदौ २२, २०७७

खेल अनुशासन तोडेपछि विश्व नम्बर एक खेलाडी नोभाक जोकोभिच यूएस ओपन टेनिस खेल्न अयोग्य भएका छन् । चौथो चरणको खेलमा स्पेनिस पाब्लो कारेनो बुस्तासँग ६/५ ले पछि परेर निराश भएको बेला जोकोभिचले खल्तीमा रहेको बल पछाडि फ्याँक्ने क्रममा लाइन अम्पायर महिलाको घाँटीमा लागेको थियो ।

उनले जानाजानी नहिर्काएको भए पनि खेल अनुशासन बाहिरको क्रियाकलाप भएकाले यूएस ओपनको लागि अयोग्य घोषणा गरिएको अमेरिकी टेनिस एसोसिएशनले जनाएको छ । लाइन अम्पायनरको घाँटीमा लागेपछि जोकोभिचले उनीसँग माफी मागेका थिए । घटनापछि जोकोभिचको वरीयताका लागि प्राप्त गरेको अंक खारेज भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*