काठमाण्डौ उपत्यका वरिपरि ५ लाख पर्यटक अट्ने पूर्वाधार तयार गरिने

छहारी संवाददाता
भदौ १५, २०७७

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाण्डौ उपत्यका वरिपरि पाँच लाख पर्यटक बस्न मिल्ने गरी पर्यटन पूर्वाधार तयार गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिनुभएको छ ।

मन्त्रालयमा सोमबार नेपाल पर्यटन बोर्डका निर्देशकहरुसँगको छलफलमा मन्त्री भट्टराईले सार्वजनिक बिदाको दिनमा उपत्यका वरिपरि पाँच लाख पर्यटक अट्ने गरी पर्यटन पूर्वाधार पदमार्ग, साइक्लिङ, ट्रेल पर्यटन उपजको सम्भावनाको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिनुभएको हो । उहाँले प्रदेशस्तरमा प्रदेश सरकारसँग समन्वय गरी पर्यटन बोर्डको शाखा चाँडो गठन गर्नसमेत निर्देशन दिनुभएको छ, उज्यालो अनलाइनमा खबर छ ।

मन्त्री भट्टराईले पर्यटन बोर्डलाई सात वटा भाषा नेपाली, हिन्दी, चिनियाँ, अरबी, पोर्चुगल र स्पेनिस भाषामा डिजिटल सामग्री तयार गर्न आग्रह गर्नुभयो । मन्त्री भट्टराईले अनावश्यक खर्च कटौती गरी आर्थिक मितव्ययिता कायम गर्न निर्देशन दिनुभयो । विदेश तथा स्वदेशमा हुने भ्रमण खर्चमा कटौती गर्न निर्देशन दिनुभएको हो ।

उहाँले पर्यटन बोर्डका पदाधिकारीलाई कोभिड–१९ को महामारीको समयमा भर्चुअल टुरका प्याकेज बनाउन आग्रह गदै विश्व सम्पदा, हिमाल, ट्रेकिङ सिमसार, म्युजियम निकुञ्जलगायतका भर्चुअल टुरको सामग्री तयार गर्न निर्देशन दिनुभएको हो ।

मन्त्री भट्टराईले अहिलेको खोज अनुसन्धान, योजना निर्माण, रिर्पोट तथा पर्यटकीय क्षेत्रकावृत्त चित्रलगायत सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्नुभयो । उहाँले कोभिडका कारण पर्यटन व्यवसायी, पर्यटन मजदुरलगायतमा देखिएका समस्या तथा पलायन रोक्न मनोसामाजिक परामर्श सेवा सुरु गर्न पर्यटन बोर्डलाई निर्देशन दिनुभयो ।

उहाँले विभिन्न देशमा रहेका पर्यटन डेक्सलाई सक्रिय बनाइ स्वदेश तथा विदेशमा पर्यटन क्षेत्रका सङ्घ संस्थासँग नेटवर्क विस्तार गर्नसमेत आग्रह गर्नुभयो । कोभिड–१९ ले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको भन्दै मन्त्री भट्टराईले कोभिडपछि पर्यटन उत्थानका लागि के–के गर्न सकिन्छ, त्यसको आवश्यक योजना बनाउनसमेत आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले नेपालमा स्वास्थ्य, शिक्षा, खेलकुद पर्यटनको सम्भावनाका बारेमा अध्ययन अनुसन्धान गर्न आग्रह गर्नुभयो । छलफलमा पर्यटन बोर्डका कार्यकारी निर्देशक डाक्टर धनञ्जय रेग्मीले आर्थिक वर्ष २०७६र०७७ को प्रगति र २०७७र०७८ का कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*