कोरोना अपडेटः नेपालमा एकै दिन १२ सय बढी संक्रमित, १४ जनाको मृत्यु भएको पुष्टि

छहारी संवाददाता
भदौ १४, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ सय २१ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो वृद्धिसँगै संक्रमितको सङ्ख्या ३८ हजार५६१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा विभिन्न जिल्लामा १४ जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यससँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २२१ पुगेको छ।

आज काठमाडौंमा सबैभन्दा बढी ३७२ संक्रमित फेला परेका छन् । ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा संक्रमण पुष्टि भएको छ। गौतमका अनुसार अहिले देशभरि १७,५१८ जना सक्रिय संक्रमित छन् । ती मध्ये १०,६१२ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,९०० जना घरमै छन्।

विगत २४ घण्टाको अवधिमा १२,७१७ वटा नमुनाको परीक्षण गरिएको थियो। सो अवधिमा २६७ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा। गौतमले जानकारी दिनुभयो । अहिलेसम्म ५४ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*