विद्यालयको फलामे ढोका खसेर एक बालकको मृत्यु
सप्तरीमा एक विद्यालयको फलामे ढोका खसेर एक बालकको मृत्यु भएको छ ।
रुपनी गाउँपालिका ४ मा रहेको आधारभूत विद्यालय छपकीको हालै निर्माण गरिएको फलामको गेट खस्दा सोही विद्यालयका कार्यालय सहायक चन्द्रशेखर प्रमाणीका १४ बर्षीय छोरा भूपेन्द्रको मृत्यु भएको छ ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।







