जंगी अड्डामा कार्यरत एक जवानले गरे आत्महत्या

छहारी संवाददाता
भदौ १४, २०७७

जंगी अड्डामा कार्यरत एक जवानले आत्महत्या गरेको नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अनुसार आज विहान २ः४५ बजे तनहुँ रानीपोखरी स्थायी ठेगाना भएका एक जवानले आफूले बोकेको हतियार प्रयोग गरी आत्महत्या गरेका हुन् ।

सो घटना सम्वन्धी जवानको नजिकका नातेदारलाई जानकारी गराइसकिएको नेपाली सेनाले जनाएको छ, अनलाइन खबरले लेखेको छ ।

सैनिक प्रहरी समेतको सहयोगमा नेपाल प्रहरीले घटनास्थल तथा लास प्रकृति मुचुल्का तयार गरी शव पोष्टमार्टम गर्न त्रि.वि.शिक्षण अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान शुरु गरिएको सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*