दैलेखमा अत्यधिक रक्तस्रावका कारण सुत्केरीकाे मृत्यु, स्थानीय आन्दाेलित

छहारी संवाददाता
भदौ १३, २०७७

अत्यधिक रक्तस्राव हुँदा  दैलेखमा एकजना सुत्केरीको ज्यान गएको छ । ठाँटीकाँध गाउँपालिका–१ सिराडीकी २३ वर्षीया पार्वती शाहीको लकान्द्र प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य अवस्थामा सुत्केरी गराए पनि लगातार रगत बगेर ज्यान गएको हो ।

रक्तस्राव नरोकिएपछि थप उपचारको लागि प्रदेश अस्पताल सुर्खेत लगिएकोमा अस्पताल पुग्नेवित्तिकै डाक्टरले मृत घोषणा गरेका मृतकका जेठाजु टेकबहादुर शाहीले बताउनुभयो, उज्यालो अनलाइनमा खबर छ । शिशुको अवस्था भने सामान्य छ ।

प्राथमिक स्वास्थ्य केन्द्रले राम्रो उपचार गर्न नसकेको कारण सुत्केरीको ज्यान गएको भन्दै स्थानीयले ठाँटीकाँध गाउँपालिका र स्वास्थ्य केन्द्रमा तालाबन्दी गरेका छन् । गएको माघमा मजदुरी गर्न भारत जानुभएका मृतक पार्वतीका पति कर्णबहादुर शाही लकडाउनका कारण अहिले भारतको हिमाञ्चल प्रदेश मनालीमा रोकिनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*