कोरोना अपडेट: नेपालमा शनिबार थप १२ जनाको मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट शनिबार थप १२ जनाको मृत्यु भएको छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका ६ जना सहित देशभर १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।