कोरोना अपडेट: नेपालमा थप ८८४ जनामा सङ्क्रमण

छहारी संवाददाता
भदौ १३, २०७७

विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप ८८४ जनामा देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो वृद्धिसँगै सङ्क्रमित व्यक्तिहरूको कुल सङ्ख्या ३७,३४० पुगेको सरकारी तथ्याङ्कले देखाउँछ।

शनिवार अपराह्ण आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले देशभरि १६,५७८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी दिए, बिबिसीमा खबर छ ।

तीमध्ये १०,१४५ जना संस्थागत आइसोलेशनमा र बाँकी ६,४४५ जना घरमै छन्।

अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र वाग्मती प्रदेशमा छन्। भदौ १२ गते शुक्रवार ९२७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो भने थप १२ जनाको मृत्यु भएको थियो।

विगत २४ घण्टाको अवधिमा १०,९७१ वटा नमुनाको परीक्षण गरिएको थियो।

सो अवधिमा २१३ जना सङ्क्रमणमुक्त देखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए। अहिलेसम्म ५५ प्रतिशत सङ्क्रमितहरू निको भइसकेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*