कोरोना अपडेटः सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म १३ जनाको मृत्यु, कुल संक्रमित ४ हजार ८४५ मध्ये ४ हजार १३३ जना निको

छहारी संवाददाता
भदौ १३, २०७७

कोरोना संक्रमणका कारण सुदुरपश्चिम प्रदेशमा अहिलेसम्म १३ जनाले ज्यान गुमाएका छन् ।

कुल संक्रमित ४ हजार ८४५ मध्ये ४ हजार १३३ जना निको भइसेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवत्ता प्रहरी वरिष्ठ उपरिक्ष मुकेश कुमार सिंहले जानकारी दिनुभयो । संक्रमित ७१२ जना अझै पनि विभिन्न आइसोलेशनमा उपचाररत छन् ।

संक्रमित २८ जना प्रहरी मध्ये १४ जना प्रहरीले पनि कोरोना जितेर घर फर्किएको प्रहरी प्रवक्ता सिंहले बताउनुभयो । पहिलेको तुलनामा सुदुरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दै गएको उहाँको भनाई छ ।

संक्रमितको संख्या बढ्न थालेपछि कैलाली कञ्चनपुर लगायतका जिल्ला तथा गाउँपालिकाहरुले निषेधाज्ञा लागु गरी कडाइ गरेकाले पनि अहिले संक्रमितहरु कम हुन थालेको प्रहरी प्रवत्ता सिंहले बताउनुभयो । यस्तै भारतीय नाकाबाट प्रवेशमा पनि कडाई गरिएको छ । लकडाउन पछि अहिलेसम्म एक लाख ६३ हजार ८ सय जना भारतको बाटो गरेर नेपाल प्रवेश गरेको उहाँले बताउनुभयो ।

यसैबीच डोटीमा आइतबार राति देखि निषेधाज्ञा लागु हुने भएको छ। जिल्लामा कोरोना महामारीको प्रभाव बढ्दै गएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले भदौ १४ गते आइतबार राती १२ बजेदेखि २१ गते राती १२ बजेसम्मको लागि निषेधाज्ञा लागु गर्ने निर्णय गरेको हो । निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*