न्यून गुणस्तरको एक भारतीय औषधि फिर्ता गर्न विभागको निर्देशन

छहारी संवाददाता
भदौ १३, २०७७

औषधि व्यवस्था विभागले एउटा भारतीय औषधि गुणस्तरहीन भएको भन्दै बिक्री वितरणमा रोक लगाएको छ ।

एलको एक्स २५० एमजी क्याप्सुल नामको औषधिको गुणस्तर परीक्षण गर्दा न्यून गुणस्तरको देखिएकाले औषधि फिर्ता गर्न र नेपालमा बिक्री वितरणमा रोक लगाउन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ ।

यो औषधि भारतको लेबेन ल्याब्रोटरिजले उत्पादन गरेको हो । यो औषधि भारत फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न आयातकर्तालाई विभागले निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*