एकै पटक ६० सहसचिवको सरुवा

छहारी संवाददाता
भदौ ११, २०७७

सरकारले एकैपटक ६० जना सहसचिवहरुको सरुवा गरेको छ । लामो समयदेखि केन्द्रमा कार्यरत उच्च पदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्री स्तरीय निर्णयबाट ६० जना सहसचिवहरुको सरुवा गरेको हो ।

मन्त्रालयको वेबसाइटमा राखिएको विवरण अनुसार प्रधानमन्त्री कार्यालयका सहसचिव दिनेश कुमार घिमिरेलाई प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ । प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सहसचिव राजेन्द्र कुमार पौडेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानिएको छ ।

सञ्चार मन्त्रालयका सहसचिव राधिका अर्याललाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका चुडामणि पौडेललाई सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा, गृह मन्त्रालयका महादेव पन्थलाई प्रदेश नं. ५ को सामाजिक विकास मन्त्रालयमा र स्वास्थ्य मन्त्रालयका रघुराम विष्टलाई स्वास्थ्य मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा सरुवा गरिएको छ, सीआईनमा खबर छ ।

यसैगरी लोक सेवा आयोगका डा. खगेन्द्र प्रसाद सुवेदीलाई प्रदेश नं. ५ को मुख्य मन्त्री तथा मन्त्रिपरिषदकार्यालयमा सरुवा गरिएको छ । डा. सुवेदी लोक सेवा आयोगका ‘मुख्य मनोविज्ञानवेत्ता’पदमा कार्यरत हुनुहुन्छ । मुख्य मनोविज्ञानवेत्ता नेपालको एकमात्र पद हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*