कोरोना सङ्क्रमणको केन्द्र बनेको प्रदेश २ मा विशेषज्ञ चिकित्सकको टोली जाँदै

छहारी संवाददाता
भदौ ११, २०७७

कोरोना सङ्क्रमणको केन्द्र बनेको प्रदेश २ मा आज विशेषज्ञ चिकित्सकको टोली जाँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २२ जना विशेषज्ञ चिकित्सकलाई पठाउने तयारी गरेको हो ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख रघुराम विष्टका अनुसार नारायणी अस्पताल वीरगञ्जमा काम गर्ने गरी ९ जना चिकित्सक पुगिसकेका छन् । त्यसैगरी १३ जना चिकित्सक भने धनुषाको जनकपुर प्रादेशिक अस्पताल र रौतहटको गौर अस्पतालमा आज जाने तयारीमा छन् ।

उनीहरुमध्ये ६ जना चिकित्सक गौर अस्पताल र ६ जना जनकपुर प्रादेशिक अस्पताल जाने छन् । १ जनाको भने यी दुई मध्ये कुन अस्पतालमा जाने भन्ने टुङ्गो लागिसकेको छैन । सीआइएन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*