नेपालमा झन्डै चार महिनादेखि वायु प्रदूषण कम

छहारी संवाददाता
भदौ ९, २०७७

नेपालमा झण्डै चार महिनादेखि वायु प्रदूषण घटेको छ ।

लकडाउन सुरु भएको दुई हप्तापछि वायु प्रदूषण मापन केन्द्रहरुले हरियो सूचक देखाउन थालेकामा त्यसपछि नियमित हरियो सूचक देखाएका वातावरण विभागका प्रवक्ता इन्दु विक्रम जोशीले जानकारी दिनुभयो ।

अघिल्ला वर्षहरुमा वैशाख-जेठ महिनामा केहीदिन खडेरी पर्नासाथ प्रदूषणको मात्रा बढ्ने गरेको भए पनि यो वर्ष नबढेको उहाँले बताउनुभयो ।

वर्षायाममा भने सामान्यतया हावाको प्रदूषण कम हुन्छ । तर अघिल्ला वर्षहरुमा असार साउनमा पनि केही दिन घाम लाग्दा हावाको प्रदूषण बढ्ने गरेकोमा यो वर्ष त्यस्तो नभएको उहाँले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहितका शहरमा गाडीबाट निस्कने धुवाँ नै वायु प्रदूषणको मुख्य कारण रहेको र लकडाउनमा गाडी कम चल्दा प्रदूषण पनि घटेको वातावरण विभागका प्रवक्ता जोशीको भनाइ छ, उज्यालो अनलाइनमा खबर छ ।

त्यस्तै विभिन्न उद्योग पनि बन्द हुँदा उपत्यकासहित शहरहरुमा समेत हावाको गुणस्तर बसोबासका लागि उपयुक्त भएको छ ।

हावाको प्रदूषण मापन सूचक अक्वा ५० सम्म भएकोमा मानिसका लागि बस्न उपयुक्त र एक सयसम्म हुँदा बसोबास योग्य मानिन्छ । अहिले नेपालमा रहेका २१ वटा सबै मापन केन्द्रमा ५० भन्दा कम र विराटनगरमा रहेको केन्द्रमा अक्वा ८७ रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*