कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा आठ जनाको मृत्यु, कुल संक्रमितको संख्या ३२ हजार भन्दा माथी

नेपालमा अहिलेसम्म १५७ जना संक्रमितको मृत्यु
छहारी संवाददाता
भदौ ८, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस सङ्क्रमणबाट आठ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। सो अवधिमा १०,२३४ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएकोमा ७४३ जनामा कोरोनाभाइरस पुष्टि भएको छ।

थपिएका सङ्क्रमितमध्ये २२४ जना काठमाण्डू उपत्यकाका रहेको जानकारी दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले दिए, बीबीसीमा खबर छ। यससँगै नेपालमा कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु हुने मानिसको सङ्ख्या १५७ र सङ्क्रमितको कुल सङ्ख्या ३२,६७८ पुगेको छ।

अहिले देशभरि १३,७१५ जनामा सक्रिय सङ्क्रमण रहेको डा. गौतमले बताए। सङ्क्रमितहरूमध्ये ४,५६१ जना घरमै र बाँकी ९,१५४ जना संस्थागत आइसोलेशनमा भएको मन्त्रालयले बताएको छ। अहिले सबैभन्दा बढी सक्रिय सङ्क्रमित प्रदेश नं २ र बागती प्रदेशमा छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*