कोरोना अपडेटः बुटवलको कोरोना विशेष अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

छहारी संवाददाता
भदौ ७, २०७७

बुटवलको कोरोना विशेष अस्पतालमा रुपन्देहीका दुई जनाको ज्यान गएको छ । सङ्क्रमित एक महिला र एक पुरुषको ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएको छ ।

अस्पतालका अनुसार बुटवल उपमहानगरपालिका १ कि ६७ वर्षीय महिला र सम्मरीमाई गाउँपालिका २ का ३८ वर्षीय पुरुषको ज्यान गएको हो । मिर्गौला रोग, उच्च रक्तचाप, श्वासप्रश्वासको समस्या रहेकी महिलामा साउन ३१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

त्यस्तै सम्मरीमाईका पुरुषमा श्वासप्रश्वासको समस्या थियो । उहाँलाई भदौ १ गतेदेखि कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*