कोरोना अपडेटः देशभर थप ८१८ जनामा कोरोना पुष्टि

छहारी संवाददाता
भदौ ७, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ८१ जना डिस्चार्ज भएको जानकारी दिए। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ।

हाल देशभर १३ हजार १ सय ५५ सक्रिय संक्रमित रहेका छन्। ११ हजार ४ सय १४ जना क्वारेन्टिनमा रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*