कोरोना अपडेटः वीरगञ्जमा ५६ वर्षीया संक्रमितको मृत्यु

छहारी संवाददाता
भदौ ७, २०७७

कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ।

कोरोना संक्रमणका कारण वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ बस्ने ५६ वर्षीय महिलाको शनिबार राति मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

संक्रमण पुष्टि भइ वीरगञ्ज हेल्थ केयर कोरोना अस्थायी अस्पतालमा भर्ना भएकी ती महिलाको उपचारको क्रममा शनिबार राति साढे ७ बजे मृत्यु भएको हो, देश सञ्चारमा खबर छ ।

गत साउन २२ गते ती महिलाको स्वाव संकलन गरी पीसीआर परीक्षण गर्दा साउन २४ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

ज्वरो खोकी, थाइराइड तथा स्वासप्रस्वासमा सम्स्या रहेकी ती महिलालाई साउन २४ गतेदेखि नै आइसीयूमा भर्ना गरेर उपचार हुँदै आएकोमा पछिल्लो १२ घण्टादेखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

मृतक महिलाको कुनै ट्राभल हिस्ट्री समेत नरहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*